PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपाल भर्सेस पीएनजी : टस जितेर ब्याटिङमा नेपाल



पहिलोपोस्ट

नेपाल भर्सेस पीएनजी : टस जितेर ब्याटिङमा नेपाल
फाइल फोटो

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा हुन गइरहेको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल टस जितेर ब्याटिङमा उत्रिएको छ।

क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो।

आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक डे नाइट एकदिवसीय खेल्दैछ।

यसअघि नेपालले पहिलो ओडिआईमा पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो। उक्त खेलमा फितलो ब्याटिङ गरेको नेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले खस्किएको नेपालको ब्याटिङलाई उद्धार गरेका थिए। बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा डेब्यु खेलको पहिलो बलमै विकेट लिएका विक्रम सोब र किफायती बलिङ गरेका कुशल मल्लले समान २/२ विकेट लिएका थिए।

खेल आज सवा चार बजे ओमनस्थित अलमरेत स्टेडियममा सुरु हुनेछ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने, शुशन भारी

पीएनजी टिम

असद भाला, चार्स अमिनी, टोनी उरा, लेगा सिआका, सिसी बाउ, किप्लिङ डोरिगा, गौडी टोका, नर्म्यान भेनुआ, चाड सोपर, ड्यामिएन रावु, कावुका मोरिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell