PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

११४६ जना कोरोना संक्रमित थपिए, १६६० भए संक्रमण मुक्त



पहिलोपोस्ट

११४६ जना कोरोना संक्रमित थपिए, १६६० भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनाको परीक्षण गर्दा १ हजार १४६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ९६१ जनामा पीसीआर परीक्षणका क्रममा र १८५ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ६६० जना कोरोना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ९५८ पुगेको छ।

संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार ९२४ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा २९ हजार १८९ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell