PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

जनयुद्धका शहीद परिवारलाई मासिक तीन हजार भत्ता



पहिलोपोस्ट

जनयुद्धका शहीद परिवारलाई मासिक तीन हजार भत्ता
विधेयक प्रस्तुत गर्न जाँदै अर्थमन्त्री।

काठमाडौं : सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ। 

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बिच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्तो घोषणा गरेका हुन्। 

जनआन्दोलन, मधेश आन्दोलन लगायतका सम्पूर्ण राजनीतिक आन्दोलनका क्रममा साहदत प्राप्त गर्ने शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्।

'राजनीतिक परिवर्तनको आन्दोलनमा वलिदान गर्ने परिवारको जीवनवृत्ति वापत मासिक रु. ३ हजार प्रदान गर्ने व्यवस्था गरेको छु,' अर्थमन्त्री शर्माले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell