PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

बजेट अध्यादेश प्रतिस्थापन विधेयक : प्रत्येक वडामा 'महिला पहिला' कार्यक्रम 



पहिलोपोस्ट

बजेट अध्यादेश प्रतिस्थापन विधेयक : प्रत्येक वडामा 'महिला पहिला' कार्यक्रम 
विरोधका बिच विधेयक पेश गर्न जाँदै अर्थमन्त्री।

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा प्रत्यक वडामा 'महिला पहिला' कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

प्रतिनिधिसभाको बैठकमा बजेट सम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्। 

'प्रत्येक वडामा महिला नेतृत्व विकास संयन्त्र स्थापित गरी महिलाको क्षमता अभिवृद्धि गरिने छ,' उनले भने, 'आर्थिक र समाजिक रुपले सक्षम तुल्याउन महिलाहरुलाई प्राथमिकता दिने गरी 'महिला पहिला' कार्यक्रम सञ्चालन गरिने छ।' 

त्यस्तै, दलित जनजाति भूमिहीनको सुविधाका लागि एकीकृत कार्यक्रम सञ्चालन गर्नेसमेत विधेयकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell