PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

संसदमा घम्साघम्सी गर्दै दिन बितेपछि एमालेले स्थगित गर्‍यो स्थायी कमिटी बैठक



पहिलोपोस्ट

संसदमा घम्साघम्सी गर्दै दिन बितेपछि एमालेले स्थगित गर्‍यो स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (एमाले)ले शुक्रवारका लागि बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ४ बजे स्थायी कमिटीको बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बोलाएका थिए। प्रतिनिधिसभाको बैठक लामो समयसम्म चलेपछि नेताहरु बैठकमा जान नभ्याएको भन्दै शनिवार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा एमालेले छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको थियो। एमालेले प्रतिनिधिसभाको बैठकलाई निरन्तर अवरोध गर्ने रणनीति तय गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएको एमालेले सरकारले ल्याएका विधेयकलाई समेत संदमा पेश हुनबाट रोक्न खोजेको थियो। एमालेको अवरोधकै बिच सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell