PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

बैठक भत्ता कटाउँदै खोप किन्ने सरकारको घोषणा



पहिलोपोस्ट

बैठक भत्ता कटाउँदै खोप किन्ने सरकारको घोषणा

काठमाडौं : सरकारले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि बैठक भत्ता कटौती गर्ने भएको छ। 

खोप खरिदका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।

'कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण र उपचारका स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको छ,' उनले भने, 'खोपको व्यवस्थापनका लागि वैदेशिक स्रोतका अतिरिक्त आन्तरिक स्रोतको परिचालन गर्ने प्रबन्ध गरेको छु।'

त्यसका लागि भत्ता कटौती गर्ने घोषणा अर्थमन्त्री शर्माले गरेका हुन्। 

'चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सिप विकास तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको छु,' उनले भने, 'यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको रु ५ अर्ब कोभिड-१९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको छु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell