PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

राज्य कोषको ५ अर्ब खर्च : कोभिडका कारण रोजगारी गुमाएका ५ लाख परिवारलाई १० हजार अनुदान



पहिलोपोस्ट

राज्य कोषको ५ अर्ब खर्च : कोभिडका कारण रोजगारी गुमाएका ५ लाख परिवारलाई १० हजार अनुदान

काठमाडौं : सरकारले ५ लाख गरिब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ अनुदान दिने भएको छ। 

शुक्रवार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रतिस्थापन विधेयक पढ्दै कोभिड प्रभावितबाट रोजगारी गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रका विपन्न परिवारलाई १० हजार रुपैयाँ अनुदान दिन लागेको अर्थमन्त्री जनार्दश शर्माले जानकारी दिए।

यस्तो अनुदान ५ लाख परिवारलाई दिन लागिएको हो। यस्तो अनुदान स्थानीय तहको समन्वयमा अशोज महिनाभित्र हस्तान्तरण गर्ने तयारी रहेको अर्थमन्त्री शर्माले जानकारी दिएका थिए। प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधका बावजुद पनि अर्थ मन्त्रीले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गरेका थिए। 

अर्थमन्त्रीले बताएअनुसार रकम बाढ्ने हो भने राज्यको ढुकुटीबाट ५ अर्ब रूपैयाँ खर्च हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell