PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चैत मसान्तसम्म मेलम्चीको पुनर्निर्माण गरी पानी आपूर्ति गर्छौ : अर्थमन्त्री



पहिलोपोस्ट

चैत मसान्तसम्म मेलम्चीको पुनर्निर्माण गरी पानी आपूर्ति गर्छौ : अर्थमन्त्री
File Photo

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी आयोजनाको काम यही वर्षको चैत मसान्तसम्म सम्पन्न गर्ने बताएका छन्।

प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै शर्माले बाढीका कारण क्षतिग्रस्त भएको आयोजनाको मर्मत र पुनर्स्थापनाको काम चैत मसान्तसम्म सकाउने बताएका हुन्।

आयोजनाको पुनर्निर्माणको काम सम्पन्न भएपछि नियमित रुपमा खानेपानीको आपूर्ति हुने शर्माले बताए।

बाढीका कारण मेलम्ची आयोजना प्रभावित हुँदा काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा समस्या देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell