PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नारायणहिटी दरबार संग्रहालय परिसरमै शासकीय संग्रहालय निर्माण गर्ने सरकारको तयारी



पहिलोपोस्ट

नारायणहिटी दरबार संग्रहालय परिसरमै शासकीय संग्रहालय निर्माण गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा अर्को संग्रहालय निर्माण गर्ने भएको छ।

प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै अर्थमन्त्री जनादर्न शर्माले नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालय निर्माण गर्ने बताएका हुन्।

यस्तै, उनले अन्य दुईवटा संग्रहालय निर्माण गर्ने समेत घोषणा गरे।

'योगमायादेखि हालसम्मका शहिद, जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोदनमा त्याग र नेतृत्व गर्ने अग्रज राजनीतिज्ञको इतिहास समेट्ने गरी संग्रहालय निर्माण प्रारम्भ गर्न बजेट विनियोजन गर्ने व्यवस्था गरेको छु' उनले भने।

यस्तै, नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शन हुने गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न धार्मिक संग्रहालय स्थापना गर्ने कार्यक्रम पनि शर्माले प्रतिस्थापन विधेयकबाट सार्वजनिक गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell