PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन



पहिलोपोस्ट

रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन

काठमाडौं : बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको निधन भएको छ। लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित चौधरीको उपचारका क्रममा भारतमा निधन भएको हो। नेपालमा उपचार सम्भव नभएपछि केही दिनअघि उनलाई दिल्लीस्थित बिएलके-म्याक्स अस्पतालमा लगिएको थियो।

बिहीवार राति नै चौधरीको मृत्यु भएको रेडियम ब्यान्डका गायक विशाल अग्रवालले फेसबुकमार्फत जानकारी दिएका छन्।

राति रक्तचाप अत्यन्त न्यून भएको र श्वास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। रगतमा अत्याधिक संक्रमण भएका कारण औषधिले पनि राम्रोसँग काम नगरेको अग्रवालले उल्लेख गरेका छन्।

‘द स्याडोज नेपाल’का स्वप्निल शर्माले राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियानको नेतृत्व लिएका थिए। हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell