PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टी विभाजनले 'घाइते' एमालेको संसदमा आक्रामक उपस्थिति : सभामुखदेखि अर्थमन्त्रीविरुद्ध यसरी उत्रिए 

पार्टी विभाजनले 'घाइते' एमालेको संसदमा आक्रामक उपस्थिति : सभामुखदेखि अर्थमन्त्रीविरुद्ध यसरी उत्रिए 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बजेट प्रतिस्थापन विधेयक सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले 'स्वस्थानी पाठ' गरेकै शैली अपनाउनुको कारण थियो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आक्रामक व्यवहार। प्रतिपक्ष भनेको के हो भन्ने देखाउने भन्दै प्रतिनिधिसभामा आक्रामक रुपमा नेकपा एमालेका सांसदहरु उत्रेका थिए। त्यसैले अर्थमन्त्री शर्मालाई हतारो थियो - छिटोछिटो पढ्ने। उस्तै हतारोमा देखिए सभामुख अग्निप्रसाद सापकोटा।  

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि चर्चित र ठूला भ्रष्टाचारका विषय उठ्दा प्रतिपक्षीको खोजी भएको धेरैले भुलेका छैनन्। यतिदेखि ओम्नी र सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका विषयमा सडकमा नै आन्दोलन हुँदा कांग्रेस कतै देखिएको थिएन। नेकपा एमालेका सांसदले आज आफूलाई कांग्रेस जस्तो प्रतिपक्षी नरहेको देखाउन दिनभरि नै सक्रिय रह्यो। पार्टी विभाजनको आक्रोशमा नेकपा एमालेका सांसदहरु देखिन्थे। विभाजनमा सभामुखको भूमिकालाई लिएर एमालेले लगातार विरोध गरिरहेको छ।

ओली सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। उनी रोस्टममा उक्लिनुअघि नै एमाले सांसदहरु कडा प्रतिवादमा उत्रिसकेका थिए। उनीहरुले शर्मालाई रोक्न सक्थे तर लडाकु पृष्ठभूमिका अर्थमन्त्रीले आफ्नो रफ्तार बढाए भने उनलाई मर्यादा पालकहरुले सहजिकरण गरे। 

उनले विधेयक पाठ गरिरहँदा एमाले सांसदहरु भने मान्छेमाथि मान्छे उक्लिएरै भए पनि अवरुद्ध गर्न जुटिरहेका थिए। आज संसदमा देखिएका दृश्य आगामी दिनमा पनि देखिन सक्ने सम्भावना छ। किनकि प्रतिपक्षमा सुस्त कांग्रेस नभइ पार्टी विभाजनले घाइते भएको आक्रामक एमाले छ। 

विधेयक लिएर गुरिल्ला शैलीमा अगाडि बढ्दै अर्थमन्त्री
उनलाई रोक्न खोज्नेहरुलाई छेक्दै मर्यादापालकहरु
अर्थमन्त्री र सभामुखलाई रोक्न खोज्दै मान्छेमाथि मान्छे
आक्रामक देखिए सांसद
माथितिर चढ्दै


ट्रेन्डिङ पोस्ट

Ncell