PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अर्धशतकबाट चुके ज्ञानेन्द्र मल्ल



पहिलोपोस्ट

अर्धशतकबाट चुके ज्ञानेन्द्र मल्ल
तस्बिर: एनएसजेएफ

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकबाट चुकेका छन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान मल्ल ७० बलमा ३ चौका र २ छक्काको सहायतामा ४५ रन बनाउँदै आउट भएका हुन्। 

फितलो ओपनिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेख समान ३/३ रनमा आउट हुँदा रोहित कुमार पौडेल र ज्ञानेन्द्र मल्लले नेपालको पारी सम्हालेका थिए।

क्रिजमा अहिले बिनोद भण्डारी र रोहित कुमार पौडेल छन्।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell