PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

लुम्बिनी प्रदेशको विकासमा सहयोग माग्दै प्रधानमन्त्रीसमक्ष पुगे मुख्यमन्त्री केसी



पूजा पन्थी

लुम्बिनी प्रदेशको विकासमा सहयोग माग्दै प्रधानमन्त्रीसमक्ष पुगे मुख्यमन्त्री केसी
फाइल फोटो।

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार भेटवार्ता भएको छ। भेटघाटले लुम्बिनीको विकास एवं समृद्धिका लागि नयाँ ढोका खोलेको मुख्यमन्त्री केसीले बताएका छन। आफ्नो २ दिने काठमाडौं बसाइपछि उनले आफ्नो काठमाडौं बसाई उपलब्धिमूलक बनेको प्रतिक्रिया दिए।

प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री केसीले बताएका छन्। प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउनको लागि आफू हरदम तयार रहेको प्रक्रिया दिएको मुख्यमन्त्री केसीले बताए।

मुख्यमन्त्री केसीले काठमाडौंको बसाईको क्रममा समृद्ध लुम्बिनी प्रदेशको निर्माणको लागि उच्च राजनीतिक सहमतिलाई कायम गर्दै मन्त्रिपरिषद् गठन, लुम्बिनी प्रदेश सरकारको बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको बताएका छन्। उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीको हितमा हुने गरी लिन लागिएको बजेटबारे केन्द्र सरकारसँग पनि छलफल गरेको बताए।

प्रधानमन्त्री देउवासँग गरिएको भेटमा विकासका हरेक योजनामा लुम्बिनी प्रदेशलाई प्राथमिता प्रदान गर्नका लागि अनुरोध गरेका थिए। लुम्बिनी प्रदेश देशकै नमूना प्रदेश बनाउनको लागि आफू लागि रहेको बताउँदै केन्द्र सरकारसँग पनि माग गरेको उनले बताए।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले यस वर्ष शिक्षा, स्वास्थ्य रोजगारलाई प्राथमिकतामा राख्ने गरी सुशासन कायम गरी नीति योजना तर्जुमा गरिन लागेको समेत जानकारी गराउँदै जनमुखि बजेट नीति योजनालाई पास गरिने समेत बताउँदै आएका छन्।

मुख्यमन्त्री केसीले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell