PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

रोहितकुमार पौडेलको अर्धशतक



पहिलोपोस्ट

रोहितकुमार पौडेलको अर्धशतक
तस्बिर : एनएसजेएफ

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि पौडेलले ७९ बलमा १ चौका र २ छक्काको सहायतामा अर्धशतक बनाएका हुन्।

यसअघि कप्तान ज्ञानेन्द्र मल्ल अर्धशतकबाट चुकेका थिए। कप्तान मल्ल ७० बलमा ३ चौका र २ छक्काको सहायतामा ४५ रन बनाउँदै आउट भएका हुन्।

फितलो ओपनिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेख समान ३/३ रनमा आउट हुँदा रोहित कुमार पौडेल र ज्ञानेन्द्र मल्लले नेपालको पारी सम्हालेका थिए।

यसअघिको पीएनजीसँगको खेलमा पनि नेपालको धर्मराएको ब्याटिङ सम्हालेका पौडेलले ४१ रन बनाएका थिए।

क्रिजमा अहिले बिनोद भण्डारी र रोहित कुमार पौडेल छन्।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell