काठमाडौं : राष्ट्रिय युवा संघ नेपालको बृहत टर्च र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा प्रहरी र युवा संघका नेता तथा कार्यकर्ताबीच झडप भएको छ।
युवा संघका नेता तथा कार्यकर्ताहरुले नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका थिए।
युवा संघले ‘जयसिंह धामी प्रकरण... सरकार कहाँ कहाँ छ?’, ‘अफगानिस्तानमा नेपाली अलपत्र... सरकार कहाँ कहाँ छ?’, ‘नेपाली आकाशमा विदेशी हेलिकप्टर... सरकार कहाँ कहाँ छ?’, ‘जनता सोध्दैछन्, सरकार कहाँ छ?’ भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको थियो।