PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नेपालले पपुवा न्युगिनीलाई दियो २ सय ३४ रनको लक्ष्य, रोहितको लगातार उत्कृष्ट ब्याटिङ



पहिलोपोस्ट

नेपालले पपुवा न्युगिनीलाई दियो २ सय ३४ रनको लक्ष्य, रोहितको लगातार उत्कृष्ट ब्याटिङ
तस्बिर: एनएसजेएफ

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ सय ३४ रनको लक्ष्य दिएको छ। ओमनको अल अमरेत स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो।

फितलो सुरुवात गरेको नेपालको लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख समान ३/३ रन बनाएर आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले पारी सम्हालेका थिए। कप्तान मल्ल ४५ रनमा आउट हुँदा सम्हालिएर ब्याटिङ गरेका रोहित पौडेलले ८६ रन बनाए। पौडेलले अघिल्लो खेलमा पनि फितलो सुरुवात गरेको नेपालका लागि ४१ रन बनाउँदै जितको नायक बनेका थिए। त्यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ४२ रन बनाए।

पीएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा कबुआ मोएरा र नोर्मन भनुआले समान २/२ विकेट लिए। त्यस्तै चार्स अमिनीले १ विकेट लिए।

पीएनजी केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell