PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई वर्षदेखि नेपालमा किमारो : कोकिनमात्र हैन अनुसन्धानले अन्य धन्दातिर पनि देखायो 'कनेक्सन'



सविन ढकाल

दुई वर्षदेखि नेपालमा किमारो : कोकिनमात्र हैन अनुसन्धानले अन्य धन्दातिर पनि देखायो 'कनेक्सन'

काठमाडौं : तान्जेनियाकी २६ वर्षीया किमारो  दुई सातादेखि प्रहरी हिरासतमा समय बिताइरहेकी छिन्। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई गत भदौ ८ गते सिन्धुलीबाट भाग्दै गर्दा पक्रेको थियो। विद्यार्थी भिसामा नेपाल बसिरहेकी उनलाई प्रहरीले लागूऔषध कोकिनको कारोबारमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको हो।

अहिले कोकिनको घटनामा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनी केन्द्रीत भएर अनुसन्धान गरिरहेको छ। प्रहरीले केही दिनअघि काठमाडौंको कमलपोखरीबाट २ किलो ९ सय ६६ ग्राम लागूऔषध कोकिनसहित काठमाडौंको कमलपोखरीस्थित होटेलबाट दक्षिण अफ्रिकाकी ३० वर्षीय नागरिरक शेर्ला गामालाई नियन्त्रणमा लिएपछि त्यसको कनेक्सन किमारोसम्म देखिएको थियो।

किमारोमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले अन्य तथ्यहरु समेत फेला पारेको छ। किमारोको फोन तथा अन्य सामाजिक सञ्जालमाबाट भएको कनेक्स केलाउँदा किमारोको गतिविध विभिन्न अनैतिक क्रियाकलापमा समेत देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनको अपराध लागूऔषध कोकिनमा मात्र नभएर यौन गतिविधिसम्म पुगेको छ। तर प्रहरीले यसलाई पुष्टि गर्ने आधारहरु नभेट्दा औपचारिक रुपमा बोल्न सकिरहेको छैन।

किमारो दुई वर्षदेखि नेपालमा नै छिन्। पछिल्लो समय विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै। उनलाई नेपाली भाषा विदेशी भए पनि धेरै नै आउँछ। त्यसैले पनि उनको संगत र सम्पर्कमा धेरै नेपालीहरू छन्। सन् २०१९ मा उनी पर्यटक भिसामा नेपाल आएकी थिइन्। त्यसपछि अप्रिलबाट भने विद्यार्थी भिसामा नेपालमा रहन थालिन्। किमारो क्षेत्रपाटीमा २० हजार रुपैयाँ मासिक तिरेर फ्ल्याटमा बस्दै आएकी थिइन्। त्यसैले, घरबेटीदेखि नजिकका पसलेसम्म किमारोको चिनजान राम्रै छ।

प्रहरीले उनीसँग सम्पर्कमा रहेका ५० जना भन्दा बढी नेपाली तथा विदेशी केही मानिसँग सोधखोज गरिसकेको छ।

'हामीले धेरै मानिसलाई बोलाएर सोधिखोजी गरिरहेका छौं। थप अन्य गतिविधिमा पनि संलग्न छ कि भनेर हेरिरहेका हौ,' लागूऔषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।

मोबाइल, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा धेरै पटक र शंका लागेका मानिसहरूसँगै प्रहरीले सोधपुछ पनि गरिरहेको छ। यसरी उनको मोबाइल र अन्य सामाजिक सञ्जालका म्यासजहरु केलाएर हेर्दा उनी नेपालमा बसेर यौन धन्दा गर्ने गरेको देखिएको छ।

उनका म्यासेजनमा यति पैसा लिएर आए फलनालाई मिलाइदिने देखिका सांकेतिक यौन गतिविधिका म्यासेजहरु समेत भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए। 'अन्य मानिसलाई यौन गतिविधि गर्न मानिस मिलाउने गर्ने खालका म्यासेजहरु समेत भेटिएका छन्,' एक अनुसन्धान अधिकृतले भने।

त्यस्तै किमारोको संगत अफ्रिकी मुलका मानिसहरुसँग धेरै भेटिएको छ। युगान्डा, नाइजेरिया, आइभरिकोष्ट लगायतका मानिससँग उनको सम्पर्क देखिएको छ। यसरी सम्पर्क हुनेहरुमा केटाकेटी दुबै जना रहेका छन्। प्रहरीले यी मानिसहरुमाथि निगरानी तथा अनुसन्धानसमेत बढाउने गरेको छ।

'म पनि अफ्रिकातिरको नै भएकाले साथीको रुपमा संगत भएको बताएकी छे। तर त्यस्तो होइन अन्य अनैतिक गतिविधिसमेत भएको देखिन्छ,' एक प्रहरी अधिकृतले भने।

प्रहरीले केही दिनअघि काठमाडौंको कमलपोखरीबाट २ किलो ९ सय ६६ ग्राम लागूऔषध कोकिनसहित तीन जनलाई पक्राउ गरेको थियो। जसमा भारतीय नागरिक ३३ वर्षीय विजय सिंहसमेत थिए। जसमा किमारोको भूमिका भने नेपालमा आएको कोकिनको सर्भिलेन्स गरेर भारतबाट कोकिन लिन आएका मानिसलाई सुरक्षित तरिकाले कोकिन हन्यान्डओभर गर्ने वातावरण र सूचना दिनु थियो। तर जब विजयसिंह र शेर्ला गामा समातिए उनले जानकारी पाएर सिन्धुली हुँदै भारत छिर्न लागेकी थिइन्। तर प्रहरीबाट बच्न सकिनन्। त्यसैले उनी अहिले अनुसन्धानमा तानिएकी छिन्।

किमारोसँग सम्पर्कमा देखिएका धेरै अफ्रिकन नागरिक विद्यार्थी र पर्यटक भिसामा नेपाल बसेको देखिएको छ। उनीहरु अन्य कुनै आम्दानीको स्रोत समेत देखिएको छैन। त्यस्तै केही खेलाडी हुँ भन्दै बसेका छन्। प्रहरीको अनुसन्धानमा उनीहरु नेपालको कुने क्लबमा आबद्ध भएको देखिएको छैन।

'खेलाडी हुँ भन्दै बसेका छन्। तर उनीहरु कुन क्लबमा खेल्छ भन्ने खोज्दा कहिकतै आवद्ध भएको पाइएको छैन,' एक प्रहरी अधिकृतले सुनाए।

२०६८ सालदेखि अहिलेसम्म नेपाल प्रहरीले कोकिन कारोबारमा मात्र ४५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। जसमा ३० जना विदेशी नागरिक रहेकोका छन्। जसमा पनि धेरै अफ्रिकन मुलका नागरिक नै छन्।

बोलिभिया, बेलारुस, आइभरिकोष्ट, ब्राजिल, भेनेजुएला, नामेबिया, साउथ अफ्रिकाका नागरिकहरू धेरै रहेका छन्। नेपालमा देखाउन बाहना एउटा तर गर्ने गतिविध अन्य गर्ने गरेको खुलेको छ। जसको पछिल्लो उदाहरण किमारो रहेकी छिन्। चीन, उत्तर कोरीया लगायतका नागरिकहरु पनि विभिन्न भिसामा नेपाल आएर अन्य गैर कानुनी गतिविधि गर्ने गरेको प्रशस्त उदाहरणहरु छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell