PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

संखुवासभामा ६ जनाको हत्याको अभियोगमा एक युवक पक्राउ, अनुसन्धानको घेरामा समातिएका उनी एकै खलकका



सविन ढकाल

संखुवासभामा ६ जनाको हत्याको अभियोगमा एक युवक पक्राउ, अनुसन्धानको घेरामा समातिएका उनी एकै खलकका

काठमाडौं : संखुवासभामा ६ जनाको हत्या गरेको अभियोगमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ।

गत सोमवार मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा ६ फरकफरकस्थानमा एकै परिवारका ६ जनाको शव भेटिएका थियो। दुई नाबालकसहित सबैको हत्या गरिएको थियो।

हत्या अभियोगमा मारिएका परिवारसँग नजिक सम्बन्ध रहेका अन्दाजी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरिएको संघीय इकाई प्रहरी कार्यालय धरानबाट घटनास्थलमा अनुसन्धानका लागि खटिएका एसपी भीम दाहालले जानकारी दिए। अभियुक्तलाई भोलि सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

'एक जनालाई नियन्त्रणमा लिएका छौं। अनुसन्धान लगभग टुङ्गिएको छ,' एसपी दाहालले भने।

नातामा भतिज पर्ने व्यक्ति हुन् पक्राउ परेका कार्की।

प्रहरीका अनुसार घटनास्थलमा रगत लागेका उनका लुगा फेला परेको छ। अन्य तथ्यहरुले पनि हत्यामा उनको संलग्नता हुनसक्ने देखाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो।

घरभित्र सहित सोमवार विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो।

मंगलवार कार्कीको घरभित्र हेर्दा नगद ४ लाख ७० हजार रुपैयाँ र विभिन्न गहरगहना फेला पारेको थियो। त्यस्तै, शवमा पनि लगाइएका गहना फेला परेको थियो। जसले गर्दा प्रहरीले घटना लुटपाटको लागि नभएको हुनसक्ने प्रारम्भीक निष्कर्ष निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell