PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो !'



पहिलोपोस्ट

'शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो !'

जनकपुरधाम : शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडस्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको अभिभावकको दावी छ।

शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई कुट्दा उनको हात भाँचिएको उनका बुबा जितेन्द्रले बताए।हात भाँचिएका बालक १२ वर्षका हुन्। 

बालकका बुबा जितेन्द्र ठाकुर सोनारले छोराले गृहकार्य नगरेको भन्दै शिक्षकले बिजुलीको वायरिङ गर्ने पाइपले पिट्दा हात भाँचिएको दावी गरेका छन्। कुटाइबाट गम्भीर चोट लागेका बालकको उपचार भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell