PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छः नेता खड्गबहादुर विश्वकर्मा



पहिलोपोस्ट

एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छः नेता खड्गबहादुर विश्वकर्मा
फाइल फोटो

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियता माथि हमला भइरहेको निष्कर्ष निकालेको छ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एक पटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो। पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको  आरोप लगाए। नेता विश्वकर्माले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए।

प्रवक्ता प्रकाण्डले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीलाई स्वीकार्य नहुने बताए।

प्रकाण्डले भने, ‘ त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो, अर्थमन्त्रीमा हालका कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो, नेपाली जनताले अहिलेसम्म त्यसको विरोध गरिरहेका छन्, तर पनि एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ, यदि पास भएमा हाम्रो नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन।’

सरकारले संसद् बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रीकृत रूपमा नेतृत्व प्रदान गर्न एक हप्ते सङ्घर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ काठमाडौंमा प्रर्दशन गर्ने समेत जानकारी दिए।

( समाचार नेपाल न्युज एजेन्सी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell