PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

फलाम उद्योगको भट्टी पड्किँदा घाइते पाँच जनाको उपचारकै क्रममा मृत्यु



रासस

फलाम उद्योगको भट्टी पड्किँदा घाइते पाँच जनाको उपचारकै क्रममा मृत्यु

वीरगंज : वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ।

यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि बिहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो। उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको बिहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादवको रहेका छन्। उपचारकै क्रममा यही भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell