PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम, ९९४ संक्रमति थपिए



पहिलोपोस्ट

दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम, ९९४ संक्रमति थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा एक हजारभन्दा कम कोरोना संक्रमित पहिचान भएका छन्। नेपालमा महिनौं पछि दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ८४० जनाको परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ३६८ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ३५५ पुगेको छ।

संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण १० हजार ९३६ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ हजार ६३० जनाले खोप लगाएका छन्। हालसम्म ५१ लाखभन्दा बढीले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell