PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

एमसीसीको विरोधमा उत्रिनेको ढाडमा पुलिसको लौरो, बानेश्वरको प्रदर्शनमा जे देखियो 

एमसीसीको विरोधमा उत्रिनेको ढाडमा पुलिसको लौरो, बानेश्वरको प्रदर्शनमा जे देखियो 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा आज पनि एउटा समूहले राजधानीमा प्रदर्शन गरेको छ। माइतीघर र पछि बानेश्वरमा प्रदर्शन भएको हो। बानेश्वरको प्रदर्शनमा प्रहरीले आन्दोलनमा उत्रिनेमाथि लाठी चार्ज गरेको छ। 

आन्दोलनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको थियो। कतिपय आन्दोलनकारी लाठीचार्जपछि तितरवितर भएका थिए भने बाँकीलाई प्रहरीले पक्राउ गरेको छ। आज पनि बिहानैदेखि ठाउँठाउँमा यस्ता प्रदर्शनहरु भइरहेको थियो।

एमसीसीका पदाधिकारीहरु अहिले राजधानीमा छन्। उनीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सरकारसँग अनुदानको विषयमा छलफल गरिरहेका छन्।    

 

 



ट्रेन्डिङ पोस्ट

Ncell