PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

युनाइेटडको जितमा रोनाल्डो नायक, भने: एक गोल गर्छु भन्ने थियो, दुई गोल गरेँ



पहिलोपोस्ट

युनाइेटडको जितमा रोनाल्डो नायक, भने: एक गोल गर्छु भन्ने थियो, दुई गोल गरेँ
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासलमाथि सानदार जित निकाल्यो। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले न्युक्यासलमाथि ४-१ गोलअन्तरको सहज जित निकालेको हो।

पहिलो हाफको इन्ज्युरी समयमा युनाइटेडबाट १२ वर्षपछि खेलेका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ५६ औं मिनेटमा न्युक्यासलका जेभियर मानक्विइलोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ६२ औं मिनेटमा लुक शा को पासमा गोल गर्दै रोनाल्डोले फेरि खेलमा युनाइटेडलाई अग्रता दिलाए। त्यस्तै ८० औं मिनेटमा ब्रुनो फर्नान्डेज र इन्ज्युरी समयमा जेसे लिंगार्डले गोल गर्दा युनाइटेडले ४-१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

'मैले दुई वटा गोल 'एक्सपेक्ट' गरेको थिइन, एक गोल चाहीँ गर्छु भन्ने थियो।' खेलपछि रोनाल्डोले भने।

सन् २००३ बाट २००९ सम्म युनाइटेडबाट खेल्दा उनले २९२ खेलबाट ११८ गोल गरेका थिए।

'म साँच्चै भन्दैछु जब खेल सुरु भयो मैल एकदमै 'नर्भस' महसुस गरिरहेको थिएँ। मलाई लागेको थिएन उनीहरुले मेरो नाम लिएर गाउने छन्,' ३६ वर्षे रोनाल्डोले भने, 'सबैलाई थाह छ, इङ्ग्याण्डमा विश्वको अन्यस्थानमा भन्दा फरक फुटबल छ। र, मेरो लागि एकदमै स्पेसल। म यहाँ १८ वर्षको उमेरमा यहाँ आउँदा जस्तो व्यवाहार पाएँ त्यसैले त म फेरि यहीँ आएको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell