PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

चेल्सीको जितमा लुकाकुको दोहोरो गोल, म्यानचेस्टर सिटीले लेस्टरलाई हरायो



पहिलोपोस्ट

चेल्सीको जितमा लुकाकुको दोहोरो गोल, म्यानचेस्टर सिटीले लेस्टरलाई हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एस्टोन भिल्लामाथि सहज जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले एस्टोनभिल्लामाथि ३-० को सहज जित निकालेको हो। चेल्सीको जितमा रोमेलु लुकाकुले दोहोरो गोल गरे भने माटेओ कोभासिचले एक गोल गरे।

खेलको १५ औं मिनेटमै बेल्जियन स्टाइकर लुकाकुले चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीका लागि दोस्रो गोल कोभासिचले ४९ औं मिनेटमा गरे। त्यस्तै इन्ज्युरी समयमा लुकाकुले नै अर्को गोल थप्दा चेल्सीले ३-० को सहज जित निकालेको हो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टरसिटीमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीलाई हराउँन म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भाले निर्णायक गोल गरेका थिए। उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए।

गएराति सम्पन्न अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको दोहोरो गोलको सहायतामा म्यानचेस्टर युनाइटेडले न्यक्यासलमाथि ४-१ को सहज जित निकालेको थियो।

यो सँगै म्यानचेस्टर युनाइटेड र चेल्सी ४ खेलबाट १० अंक जोड्दै शीर्ष दुईमा छन् भने म्यानचेस्टर सिटी, ब्राइटोन र टोटेनहम ९ अंक जोड्दै शीर्ष पाँचमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell