PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज



पहिलोपोस्ट

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज
फाइल फोटो

काठमाडौं: नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ।

खेल साँझ पाँचबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ।

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो।

दुबै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश समूह जी मा रहेको छ। बंगलादेश रहेको समूहमा जोर्डन र इरान रहेका छन्।

नेपाली टिम

अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, श्रृजना सिंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell