PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

त्रिदेशीय सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली, पहिलो भेट अमेरिकासँग

त्रिदेशीय सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली, पहिलो भेट अमेरिकासँग

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र ओमनसँगको त्रिदेशीय सिरिज खेलमा ओमनमा छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको थियो। जहाँ नेपालले २-० ले सिरिजमा जित निकाल्यो।

सिरिजसँग विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजका लागि नेपाली टोली ओमनमा अभ्यास गरिरहेको छ। त्रिदेशीय सिरिजमा नेपालले भोलि पहिलो खेल अमेरिकासँग खेल्नेछ।

विश्वकप लिग टू अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमन र अमेरिकासँग खेलेको थियो। जसमा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो भने ओमनसँग दुबै खेलमा पराजित भएको थियो।

नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको अमेरिकाले पनि पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको छ। त्यस्तै आयोजक ओमनले मुम्बइको टिमसँग सिरिज खेलेको थियो।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ४ खेल खेलेर ४ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

२१ वटा त्रिकोणात्मक सिरिज सम्पन्न भएपछि शीर्ष तीन टिमले आईसीसी पुरुष विश्वकप क्वालिफायर्समा स्थान बनाउने छन्। त्यस्तै पछाडिका चारवटा टिमले क्रिकेट विश्वकप क्वालिफायर प्लेअपमा स्थान बनाउने छन्।

लिग २ अन्तर्गत नेपालको खेल

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १३)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १४)

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १७)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १९)

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहोरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर, विक्रम सोब

तस्बिरहरु: क्यान



ट्रेन्डिङ पोस्ट

Ncell