PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा एक युवक सार्वजनिक, घटना योजनाबद्ध नभएर आवेगमा भएको प्रहरीको निष्कर्ष



पहिलोपोस्ट

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा एक युवक सार्वजनिक, घटना योजनाबद्ध नभएर आवेगमा भएको प्रहरीको निष्कर्ष

काठमाडौं : सोमबार संखुवासभामा मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।

प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका सोही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। कार्कीले आफ्नो नाता पर्ने छिमेकी ६ जनाको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

सोमबार बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरिएको अवस्थामा शव फेला पारेको थियो। अभियुक्त कार्कीले योजनाबद्ध रूपमा घटना नभएर आवेगमा आएर तत्काल भएको प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण बिसीले जानकारी दिए। त्यस्तै अभियुक्तले घटना गराएको स्वीकार गरिसकेको पत्रकार सम्मेलनमा जानकारी समेत दिएका थिए।

लोकबहादुरले दाउराको घारबाट चिर्पट निकालेर टाउकामा हानेर हत्या गरेको खुलेको डिआइजी बिसीले बताए। त्यसपछि उनले हत्या गरिएको चिर्पट आगोमा डढाएको देखिएको बताए।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो। घटना भएको दुई दिनपछि प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुण बिसी समेत घटनास्थल पुगेर अनुसन्धानमा लागेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell