PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतमा कोभिड-१९ : थपिए २८ हजार संक्रमित, ७२ लाख ८६ हजारले लगाए खोप



पहिलोपोस्ट

भारतमा कोभिड-१९ : थपिए २८ हजार संक्रमित, ७२ लाख ८६ हजारले लगाए खोप

भारतमा २८ हजार ५९१ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ३४ हजार ८४८ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८४ हजार ९२१ रहेको छ।

संक्रमणका कारण थप ३३८ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा संक्रमणका कारण ४ लाख ४२ हजार ६५५ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ७२ लाख ८६ हजार ८८३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा ७३ करोड ८२ लाख ७ हजार ३७८ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell