PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मलेसिया गएका सर्वजीत १६ वर्षदेखि बेपत्ता, आमाको आग्रह : छोरा खोजिदिनुस्



रासस

मलेसिया गएका सर्वजीत १६ वर्षदेखि बेपत्ता, आमाको आग्रह : छोरा खोजिदिनुस्

काठमाडौं : विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता छन्।

पर्वतको महाशिला गाउँपालिका-१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन्। साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत सम्पर्कविहीन भएका हुन्।

वि सं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ। छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गरेकी हुन्। 'राम्रो लाउने मीठो खाने सपना' बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन्।

भनिन्,'घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा छोराकै पिरले हामीलाई दिनको भोक र रातको निद हराएको छ।'

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरेपनि त्यसपछि कुराकानी हुन छाडेको उनले बताइन्।

'अहिले कहाँ र कस्तो अवस्था छ, कुनै आपत विपद् परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ। लामो समयसम्म पनि छोरा घर नफर्केपछि आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको छ' बेपत्ता सर्वजीतकी भाउजु सम्झना विकले बताइन्।

सोह्र वर्षअघि काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजीत मलेसियाको सेलेङ्गर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजीतका आफन्त विष्णुराम विकले बताए। चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ।

सर्वजीतलाई विदेश पठाएको मेनपावर अहिले बन्द भइसकेको छ। हालसम्म धेरै खोजी गर्दा पनि सर्वजीतको अवस्था पत्ता नलागेको विकले बताए। विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन्। छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैसँग आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell