PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमसीसीबारे के भन्छन् राजेश हमाल ?



पहिलोपोस्ट

एमसीसीबारे के भन्छन् राजेश हमाल ?

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) का बारेमा अहिले देशभर बहस चलेको छ। अमेरिकाले दिएको यो अनुदान लिन किन नलिने भन्ने विषयमा राजनीतिक दलदेखि सर्वसाधरण विभाजित भएका छन्। एमसीसीको विपक्षमा आन्दोलन भइरहेको छ। सत्तारुढ दल नै एमसीसीको विरोधमा उत्रिएका छन्।

यसबिच अभिनेता राजेश हमालले अमेरिका एमसीसीबारे नेपाली नागरिकको भावना र असन्तुष्टि प्रति संवेदनशिल भएर सम्बोधन गर्नुपर्ने बताएका छन्।

'अहिलेको सम्झौतालाई लिएर नेपाली नागरिकमा जुन किसिमको असन्तृष्टि छ। त्यसमा स्पष्टता र चित्तबुझ्दो वातावरण सिर्जना गरिदिने संयुक्त राज्य अमेरिका र नेपाल सरकारको दायित्व बन्छ। किनकी राष्ट्रको बहुसंख्यिक नागरिकको भावना र चाहना गरेका क्रियाकलापले दूरगामी असर पर्ने र प्रतिउत्पादक हुने गर्छ।'

उनले अमेरिकाको छविका कारण एमसीसीबारे नेपाली जनता असन्तृष्ट भएर यस्तो अवस्था आएको पनि बताएका छन्।

भन्छन् 'अमेरिकाको आन्तरिक राजनीति कस्तो हिसाबले चलिरहेको छ भन्ने बारे विश्वको नागरिकहरु सचेत जानकार छन्। त्यसैले पनि शक्तिशाली राष्ट्रहरुले आफ्नो छविप्रति निकै संवेदनशिल र जिम्मेवार हुन जरुरी छ। यदि छवि बिग्रिएको खण्डमा विश्वले हेर्ने नजर पनि बदलिन सक्छ। जसकारण पनि नेपाली जनताहरु एमसीसीबारे असन्तृष्ट हुन सक्छन्।'

एमसीसीलाई लिएर नेपाल सरकार र अमेरिकाले नेपाली जनताको भावना र असन्तृष्टिलाई स्पष्टता पार्न र प्रत्येक नेपालीको चित्त बुझाउन निकै आवश्यक रहेको समेत हमालले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell