PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध जारी



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध जारी

काठमाडौं : नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ।

आज पनि सभामुख सापकोटाले बैठक सुरु गरे लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गरेका हुन्। यसअघिका दुई बैठक पनि एमाले सांसदहरुले अवरुद्ध गरेका थिए। यद्यपि, सभामुख सापकोटाले अवरोधका बिच बैठक संचालन गरेका थिए।

आजको बैठकमा केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै पेश गरिएको विधेयकबारे छलफल हुनसक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell