PahiloPost

May 14, 2024 | १ जेठ २०८१

भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित



पहिलोपोस्ट

भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक भदौ २९ गते बस्ने गरी स्थगित गरिएको छ। विपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित भएको जानकारी गराए।

आजै पहिलो बैठक सुरु भएसँगै एमालेले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गर्दै संसदीय मर्यादा कायम गर्न माग गरेका थिए। जवाफमा आफूले संसदीय मर्यादा कायम राख्नै आह्वान गरेको भन्दै सापकोटाले संवादमा आउन एमालेलाई आग्रह गरेका थिए।

त्यसपछि पनि एमालेले नाराबाजी जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। १५ मिनेट भनिए पनि करिब एक घण्टापछि सुरु भएको दोस्रो बैठक पनि एमालेले अवरुद्ध गरेको थियो। नाराबाजी बिच सभामुखले पटकपटक बैठक संचालनका लागि आह्वान गरे पनि एमाले सांसदहरुले अवरोध जारी राखेपछि बैठक मंगलवार सम्मका लागि स्थगित गरिएको हो।

सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell