PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

‘किन यसरी’ गीतको नयाँ भर्सन सार्वजनिक



पहिलोपोस्ट

‘किन यसरी’ गीतको नयाँ भर्सन सार्वजनिक

काठमाडौं : ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा सार्वजनिक भएको छ। करिब २० बर्ष अगाडि रेकर्ड गरिएको गीतलाई नयाँ भर्सनमा बले इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।

गीतमा गायक प्रमोद निर्वाणले स्वर भरेका छन् भने उनलाई सरला बीसीले साथ दिएकी छिन्। गीतको शब्द प्रमोद निर्वाण र सिरोसे बर्डले रचेका हुन् भने संगीत प्रमोदकै रहेको छ।

गीतको भिडियोमा सागर लम्साल (बले), शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डेको अभिनय देख्न सकिन्छ।

केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’ का निर्देशक निकेश खडकाले नै यस गीतको भिडियोलाई निर्देशन गरेका छन्। गीतको भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घट्ना, पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell