काठमाडौं : ओखलढुंगामा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतवार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका- ६ मितेरी भञ्ज्याङमा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए।
बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा ९ जना घाइते भएको काफ्लेले जानकारी दिए। घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन्। दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ।
सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ-१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए।