PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थप ९११ जनामा देखियो कोरोना संक्रमण, १४२३ जना संक्रमण मुक्त



पहिलोपोस्ट

थप ९११ जनामा देखियो कोरोना संक्रमण, १४२३ जना संक्रमण मुक्त

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोभिड १९ परीक्षण गर्दा ९११ जना संक्रमित पहिचान भएका छन्। शनिवारपनि दैनिक संक्रमितको संख्या एक हजार कम रेकर्ड भएको थियो।

यस्तै, १ हजार ४२३ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ।

संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण १० हजार ९४९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा थप १० हजार ४४९ जनाले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ५७ लाख ७३ हजारभन्दा बढीले खोपको पहिलो मात्रा र ५१ लाख ६६ हजार बढीले पूर्ण खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell