PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बागमती प्रदेश सरकार छिट्टै विस्थापित गर्छौँः जमरकट्टेल



पहिलोपोस्ट

बागमती प्रदेश सरकार छिट्टै विस्थापित गर्छौँः जमरकट्टेल

हेटौँडाः नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सभाका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारलाई चाँडै विस्थापित गर्ने दाबी गरेका छन्। गठबन्धन निर्माण गरेर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकारलाई छिटोभन्दा छिटो बिदा गर्ने उनले दाबी गरे।

‘संविधानमा दुई प्रावधान छन्। बहुमत पुर्‍याएर प्रदेश प्रमुखमा जान सकिने र अविश्वासको प्रस्ताव लान सकिन्छ। कुन बाटोबाट छिटो हुन्छ त्यही अनुसार जानेछौँ,’ उनले भने।

उनले आपसी समझदारीमा नयाँ सरकार गठनबारे यही महिनाभित्रै टुंगो लाग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell