PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

रियल मड्रिडको फराकिलो जित, बेन्जेमाको ह्याट्रिक



पहिलोपोस्ट

रियल मड्रिडको फराकिलो जित, बेन्जेमाको ह्याट्रिक
Photo : Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि फराकिलो जित निकालेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोलीले सेल्टा भिगोमाथि ५-२ गोलअन्तरको सहज जित निकालेको हो।

मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक पुरा गरे।

खेलको चौथो मिनेटमै सान्टी मिनाको गोलमा सेल्टाले अग्रता बनाएको थियो। २४ औं मिनेटमा रियलका करिम बेन्जेमाको गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि ३१ औं मिनेटमा फ्रान्को केर्भीले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाए। पहिलो हाफमा रियल २-१ गोलअन्तरले पछाडि रह्यो।

दोस्रो हाफमाको सुरुमै बेन्जेमाले खेल बराबरीमा ल्याए। उनले खेलको ४६ औं मिनेटमा गोल गर्दा भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल थपे। त्यस्तै ७२ औं मिनेटमा इडुआर्डो कामाभिंगाले गोल गर्दा ८७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बेञ्जेमाले गोल गर्दै ह्याट्रिक पुरा गरे। र, मड्रिडले ५-२ को सानदार जित निकाल्यो।

४ खेलबाट १० अंक जोडेको रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell