PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

लिड्समाथि लिभरपुलको सहज जित



पहिलोपोस्ट

लिड्समाथि लिभरपुलको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि सहज जित निकालेको छ। एलल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली लिड्समाथि ३-० को सहज जित निकालेको हो।

खेलको २० औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। उक्त गोलसँगै सलाहले प्रिमियर लिगमा १०० गोलसमेत पुरा गरेका छन्। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि दोस्रो हाफमा फ्याबिनोले गोल थपे। उनले ५० औं मिनेटमा गोल गरेका थिए।

अर्कोतर्फ खेलमा फर्कन संघर्ष गरिरहेको लिड्सका पास्कल स्ट्रुजिक ६० औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिएपछि टोली थप दवावमा आएको थियो।

लिभरपुलका लागि खेलको इन्ज्युरी समयमा साडियो मानेले गोल थपे। र, लिभरपुल ३-० ले जित निकाल्न सफल भयो।

जितसँगै चार खेलबाट १० अंक जोडेको लिभरपुल तालिकाको शीर्ष तीनमा उक्लिएको छ। शीर्ष तीनमा समान १० अंक जोडेर म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुल रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell