PahiloPost

May 14, 2024 | १ जेठ २०८१

त्रिकोणात्मक सिरिज: नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

त्रिकोणात्मक सिरिज: नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै
तस्बिर : क्यान

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र अमेरिका आज दिउँसो सवा ४ बजे नेपाल र अमेरिका ओमनमा आमने सामने हुनेछन्।

त्रिदेशीय सिरिज अघि नेपालले पपुवान्युगिनीसँग दुईवटा मैत्रीपूर्ण एकदिवसीय सिरिज खेलेको थियो जसमा दुबै खेलमा जित निकालेको थियो।

नेपालले सिरिजमा उपकप्तानसमेत समेत रहेका दीपेन्द्र सिंह ऐरीलाई गुमाउने भएको छ। एटीएफएल इन्ज्युरी कारण उनी सिरिज खेल्न नसक्ने नेपाल क्रिकेट संघले जनाएको छ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ।

नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको अमेरिकाले पनि पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको छ। त्यस्तै आयोजक ओमनले मुम्बइको टिमसँग सिरिज खेलेको थियो।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ४ खेल खेलेर ४ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

२१ वटा त्रिकोणात्मक सिरिज सम्पन्न भएपछि शीर्ष तीन टिमले आईसीसी पुरुष विश्वकप क्वालिफायर्समा स्थान बनाउने छन्। त्यस्तै पछाडिका चारवटा टिमले क्रिकेट विश्वकप क्वालिफायर प्लेअपमा स्थान बनाउने छन्।

लिग २ अन्तर्गत नेपालको खेल

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १३)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १४)

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १७)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १९)

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहोरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell