A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a914c3d352880.44537070): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a914c3d352880.44537070,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?
PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?



सविन ढकाल

गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?

'जेलैमा हो जेलैमा,चरी जेलैमा, मै छोरी रुँदारुँदै बेसी मेलैमा'

तीन साताअघि युट्युबबाट सार्वजनिक भयो यही बोलको गीत। एक साता नबित्दै गीतले ट्रेन्डिङको शीर्ष स्थान कब्जामात्र गरेन, मानिसको मुखमुखमा झुन्डिन पनि सफल भयो। टिकटकमा यही गीतमा भिडियो बनाउनेहरूको लर्को लाग्यो। तीजलाई लक्षित गरेर बनेको गीतले लगातार चर्चा बटुलिरह्यो।

गीतमा लोक गायिका विष्णु माझीले गाएकी हुन्। विष्णु माझी यस्ती गायिका हुन् जो 'सेक्रेट सुपरस्टार' शैलीमा गीत गाउँछिन् तर देखिन्नन् काँचका पर्दा, स्टेज र सार्वजनिक कार्यक्रममा। त्यसैले उनीमाथि अनेक किस्साहरु बन्ने गर्छन्। तिनै किस्साले उनको गीतलाई यति माथि पुर्‍याउँछ कि त्यसको नजिकै पुग्ने गीत तयार हुन लामै अवधि कुर्नुपर्ने हुनसक्छ।

विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारी पनि लोक सङ्गीत क्षेत्रमै जोडिएका व्यक्ति हुन्। विष्णुले कुन गीतमा काम गर्ने वा नगर्नेदेखि आर्थिक पाटो सबै सुन्दरमणिले नै हेर्ने गरेका छन्। विष्णु माझीले मोबाइल बोक्दिनन्। फेसबुक लगायतका सामाजिक सञ्जालमा आफ्नो पहिचानबाट उनी जोडिएकी छैनन्। यतिसम्म भनिन्छ कि- उनको पासपोर्ट समेतछैन। गीतको रेकर्डिङ गर्दा रातको समयमा गर्छिन्। उनले गीत रेकर्ड गरिरहँदा स्टुडियोमा कसैलाई प्रवेश गर्न दिँइदैन। रेकर्डिङ गर्ने प्राविधिकले समेत विष्णु माझीको मुख देख्दैनन्।

यिनै आधारमा धेरैले आरोप लगाउँछन् -विष्णु माझीलाई उनकै श्रीमानले कैद गरेर राखेका छन्। आरोप अनवरत लाग्दै आएको छ। तर, विष्णु माझीले भने यसबारेमा कहीँ कतै बोलेकी छैनन्। न यस बारे लैंगिक लगायत अन्य हिंसालाई लिएर प्रहरी वा अरु कुनै निकायमा उजुरी नै परेको छ। माझीको 'सेक्रेट' शैली उनकै राजीखुशीमा भइरहेको बताउनेहरु पनि धेरै छन् साङ्गीतिक क्षेत्रमा। तर,जबजब विष्णु माझीका गीत सार्वजनिक हुन्छन्, उनको निजी जीवनको पाटो एकाएक चर्चामा आउँछ विभिन्न कोणहरुलाई लिएर।

चरी जेलैमा बोलको गीत उनकै श्रीमान सुन्दरमणिले लेखेका हुन्। गीतमा उनैले संगीत भरेका छन्। यसपाला तीजको गीत चर्चित भएसँगै फेरि विष्णु माझीलाई लिएर सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको छ। विष्णु माझी कहाँ छिन् ? के उनीसाच्चै श्रीमानको कब्जामा छिन्?

+++

उनको गीत जसरी हिट भयो ,प्रश्नहरुले पनि टाउको उठाउन थाल्यो। विष्णु माझी गीत रेकर्डिङ गराउन आउँदा अनुहार छोपेको दृश्य सामाजिक सञ्जालमा फैलियो यसपाला। त्यसैलाई देखाउँदै लगातार प्रश्न गर्नेहरु थपिए।

प्रश्न उठ्दा नेपाल प्रहरीदेखि राष्ट्रिय मानव अधिकार आयोगलाई समेत सोसल मिडियामा मेन्सन गर्दै मानिसहरुले सोधे – उनीमाथि हिंसा भइरहँदा किन खोजविन भएन?

त्यसैको असर राष्ट्रिय मानवअधिकार आयोगले माझीको बारेमा चासो देखायो। विष्णु माझीको अवस्था बुझ्न आयोगले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई निर्देशन दियो।

'मानव अधिकार आयोगले उहाँको अवस्था बुझ्नु भनेर हामीले खोजी गरेका थियौँ। उहाँ अहिले स्याङ्जामा भएको पाइएन,'जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने।

जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई माझीको अवस्था बुझेर जानकारी दिन अह्राएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चापाकोटमा पुगेर विष्णु माझीको अवस्थाबारे जानकारी लियो। प्रहरीको सूचना अनुसार चापाकोट विष्णुको माइतीघर। तर, त्यहाँ पुग्दा प्रहरीले विष्णु माझीको पछिल्लो अवस्थाबारे केही पनि जानकारी पाउन सकेन। गायिका माझीका बाबुआमा एक वर्षअघि बितेको र त्यतिखेर पनि माझी माइतमा नआएको स्थानीयले प्रहरीलाई जानकारी गराए।

'हामीले उहाँको अवस्था बुझ्न उहाँको माइतीघर गएका थियौँ। तर, उहाँहरूसँग विष्णु माझीको सम्पर्क देखिएन। लामो समयदेखि सम्पर्क नभएको बुझियो,' जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले भने।

स्याङ्जा प्रहरीले विष्णु माझी स्याङ्जामा भएको कुनै सूचना पाएन। बरु उनी श्रीमानसँगै काठमाडौंको असन-इन्द्रचोकतिर बस्ने गरेको जानकारी पायो।

‌+++

मानव अधिकार आयोगको निर्देशन अनुसार प्रहरीले विष्णु माझीको माइतीमा गएर बुझ्यो। तर, सम्पर्क हुन सकेन। उनका श्रीमानको घर भने पोखरा महानगरपालिकाको लेखनाथ।

विष्णुका श्रीमानको घर कास्कीमा प्रहरीले सम्पर्क गर्‍यो त?

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापालाई हामीले सोध्यौं। उनले प्रहरीमा खोजी वा सम्पर्क गर्न कुनै निर्देशन नआएको बताए।

यता लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीसीले काठमाडौंमा उनी श्रीमानसँग बस्दै आएको जानकारी दिए। तर,उनले यकिन यही ठाउँमा बस्छन् भन्ने चाहिँ बताउन सकेनन्।

'उहाँ काठमाडौंमा नै बस्नुहुन्छ। तर, कहाँ बस्नुहुन्छ थाहा हुँदैन,' उनले भने,'हामीले जानकारी पाए अनुसार कोठा फेर्दै बस्ने गर्नुभएको छ भन्ने छ। त्यस्तो सम्पर्क नै नहुने भेट्दै नभेटिने भन्ने चाहिँ होइन।'

'जेलैमा हो जेलैमा, चरी जेलैमा…' यही गीतसँग उनको जीवनको तुलना गर्दै लेख्‍नेहरु पनि धेरै छन्। यसअघि गीत रिलिज हुँदा पनि उनीबारे यस्तै कहानीहरु सार्वजनिक हुँदै आएको हो। त्यसैले उनको जीवनलाई लिएर हुने टीकाटिप्पणी पनि नियमित आकस्मिकता बनिरहेका छन्। त्यसैको आधारमा यसपाला मानवअधिकार आयोग र प्रहरीले पनि चासो दिए। तर, जसरी चासो दिए त्यसरी सुल्ट्याउन सकेनन्, विष्णु माझीको जीवनको पहेंली।

'पहिले पनि यस्तो कुरा आएकाले हामीले बुझेका थियौँ। उहाँ आफैँले यस्तो जीवन रोज्नु भएको हो,'अध्यक्ष बिसीले भने, 'बाहिर हल्ला भएजस्तो उहाँको जीवन छैन। उहाँ हाँसी खुशी हुनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell