PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

अब राप्रपा कहिल्यै फुट्दैन : कमल थापा



पहिलोपोस्ट

अब राप्रपा कहिल्यै फुट्दैन : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राप्रपा कहिल्यै नफुट्ने दाबी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताएका हुन्।

भने, 'हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ। कम्युनिष्ट र काँग्रेस भन्दा फरक पहिचान बनाउन लागि परेका छौँ।'

थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न निर्देशन समेत दिए। उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रिय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना गरे। उनले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताए। जबराले राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्मका साथ नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell