PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

एमसीसी खारेज गरौँ, चुनाव होइन अब जनमत संग्रह : प्रकाण्ड



पहिलोपोस्ट

एमसीसी खारेज गरौँ, चुनाव होइन अब जनमत संग्रह : प्रकाण्ड

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न आफ्नो पार्टीले नेतृत्व गर्ने बताएको छ।

एमसिसीको खारेजीका लागि राजधानीको खुलामञ्चमा आयोजित विरोध सभामा उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले नेकपाले हालसम्म भएका सन्धि सम्झौता खारेजीको नेतृत्व गर्ने बताए। 'हालसम्म भएका सन्धि सम्झौता खारेज गर्न नेकपाले नेतृत्व गर्छ,' उनले भने। उनले नेपालबाटै संसदीय व्यवस्थालाई हटाउनुपर्ने भन्दै जनमत सङ्ग्रह गरिनुपर्ने बताए। संसदीय चुनावमा सहभागी नभई एकीकृत जनक्रान्तिमा सहभागी हुन पनि प्रकाण्डले आह्वान गरे। 

'संसदीय चुनाव होइन नेपालमा अब यो व्यवस्था ढाल्न एकीकृत जनक्रान्तिमा सहभागी बनौँ,' उनले भने

संसदीय पार्टीहरू चुनावको समय पर्खिएर बसिरहेको बताउँदै प्रकाण्डले संसदीय चुनाव नभई जनमत सङ्ग्रहका लागि तयारी गर्नुपर्ने तर्क गरे। 

'सिंहदरबारमा बसेर संसदीय दलहरू आगामी संसदीय चुनावको दिन गन्दै होलान्। खबरदार!, एउटा अनुहार परिवर्तन गर्दै अर्को अनुहार ल्याउने चुनाव होइन जनमत सङ्ग्रह हुनुपर्छ। त्यसका लागि नेकपाले सञ्चालन गर्ने एकीकृत जनक्रान्तिकारमा सहभागी बनौँ,' उनले भने।

उनले देउवा नेतृत्वको सरकार कमजोर धरातलमा बनेको भन्दै त्यसको आयु धेरै नभएको टिप्पणी गरे।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell