PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेकपा (एकीकृत समाजवादी)ले सार्‍यो केन्द्रीय कमिटीको बैठक



पहिलोपोस्ट

नेकपा (एकीकृत समाजवादी)ले सार्‍यो केन्द्रीय कमिटीको बैठक

काठमाडौं : भोलिको लागि बोलाइएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक सरेको छ।

भदौ २९ गतेका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकलाई असोज ५ गते सम्मका लागि सारिएको हो। तत्कालका लागि बैठक राख्न नसकिने भन्दै नेकपा (एस)ले बैठक सराएको जानकारी दिएको छ। नेकपा (एस) का नेता गंगालाल तुलाधरले बैठक सारिएको जानकारी दिए।

'बैठक बस्न नभ्याइने भएकाले ५ गतेको लागि सारिएको छ,' नेता तुलाधरले भने।

साङ्गठनिक कामहरूका लागि आवश्यक निर्णय गर्नुपर्ने भन्दै बैठक बोलाइएको थियो। सरकार बिस्तार, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लगायतका विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

पार्टीले केही दिन अघि मात्रै प्रदेश इन्चार्ज र अरू सङ्गठनको नेतृत्वको टुङ्गो लगाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell