PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सैनामैनाबाट सुरु भयो रुपन्देहीमा राष्ट्रिय परिचय पत्र अभियान



पहिलोपोस्ट

सैनामैनाबाट सुरु भयो रुपन्देहीमा राष्ट्रिय परिचय पत्र अभियान

बुटवल : रुपन्देहीको सैनामैनाबाट राष्ट्रिय परिचय पत्र वितरण अभियानका सुरु भएको छ। जिल्लाका सबै स्थानीय तहमा संचालन हुने अभियानको सुरुवात सोमबारबाट सैनामैना नगरपालिकाबाट भएको हो।

नागरिकको परिचय प्रमाणिकरणको डिजिटल समाधान सहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित यो अभियान सुरु भएको छ। प्रत्येक पालिकाका प्रत्येक वडामा टोली खटाएर राष्ट्रिय परिचय पत्रको लागी विवरण संकलन गरिने छ।

यसै बिषयमा आज सैनामैनामा सबै वडाका जनप्रतिनिधि र रुजु अधिकारीहरुलाई अभिमुखीकरण र आवश्यक निर्देशन दिईएको छ। सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले अभियानमा छानिएका रुजु अधिकारीहरुले बिना भेदभाव र सबैलाई समान रुपमा आवश्यक 'डाटा' लिन निर्देशन दिएका छन्।

सेवा लिन आउँदा जान्ने नजान्ने सबै प्रकारका नागरिकहरु आउने भएकाले कसैसंग पनि बिना झर्को मानी सेवा प्रवाह गर्न समेत कार्कीले रुजु अधिकारीहरुलाई उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell