PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

विहार ग्रामपञ्चायत : निर्वाचनको ४८ घण्टा अघि नेपाल भारत सीमा सिल हुने



पहिलोपोस्ट

विहार ग्रामपञ्चायत : निर्वाचनको ४८ घण्टा अघि नेपाल भारत सीमा सिल हुने

जनकपुरधाम : नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सदृढ बनाउने निर्णय सहित जनकपुरधाममा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ।

दुवै देशका सुरक्षा अधिकारीसहितको बैठकले विहारको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतलाई मध्यनजर गर्दै सीमा सिल गर्ने निर्णय समेत गरेको छ। असोज १३ गतेबाट हुन लागेको चुनावलाई लक्षित गर्दै भएको सुरक्षा बैठकमा चुनाव हुनु भन्दा ४८ घण्टा अगाडि नेपाल भारतको सीमा नाका सील गर्ने निर्णय भएको हो।

नेपालको तर्फबाट बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको टोली र भारतको तर्फबाट विहारका दरभंगाका डिभिजनल कमीस्नर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डि एम अमित कुमारसहित सुरक्षाकर्मीको टोली सहभागी थिए।

११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष बनाउनका लागि नेपालबाट पूर्ण सहयोग हुने विश्वास नेपाली पक्षले भारतीय पक्षलाइ दिएको बताइएको छ।

बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल तर्फ लागु औषधको ओसारपोसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरु लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाइ ध्यानाकर्षण गराएका थिए।

यस्तै, अवैध सामान ओसारपसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सकारात्मक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बासतोलाले बताए। साथै, भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा समेत गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell