PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ का संसदीय दलको नेतामा महतो चयन



पहिलोपोस्ट

नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ का संसदीय दलको नेतामा महतो चयन

जनकपुरधामः नवगठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २  संसदीय दलको नेतामा शत्रु धन महतो चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका प्रदेश सभा सदस्य प्रमोद यादवले जानकारी दिए। नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीसँग प्रदेश २ मा १३ जना प्रदेश सभा सदस्य छन्।  नेता महतो यसअघि नेकपा एमालेका दलका नेता थिए।

नेकपा एमालेबाट विभाजन भएर गठित एकीकृत समाजवादी पार्टी गठन भए लगतै महतोसहित एमालेका २१ मध्ये महतोसहित १३ प्रदेश सांसदले माधव नेपाल नेतृत्व पार्टी राजेका छन्। दलको नेतामा महतो चयन भए पनि सचेतक भने चयन गर्न बाँकी रहेको प्रदेश सांसद प्रमोद यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell