PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु, एमालेद्वारा बहिष्कार



पहिलोपोस्ट

सभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु, एमालेद्वारा बहिष्कार

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद भवनको लोत्से हलमा बैठक सुरु भएको हो।

नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सभामुख सापोटाले गतिरोध अन्त्य गर्न संवादस्वरुप सर्वदलीय बैठकको आयोजना गरेका हुन्।

एमालेले भने बैठक बहिष्कार गरेको छ। सभामुख सापकोटाको राजीनामा या १४ सांसदलाई कारवाहीको सूचना सार्वजनिकलाई बटमलाइन बनाएको एमालेले बैठक बहिष्कार गरेको हो।

सरकारले भने एमालेको अवरोधका बाबजुद प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याएको थियो। सभामुखको भूमिकालाई लिएर आक्रोशित रहेको एमलेले भने आफ्नो पार्टीसँग सभामुख सापकोटाले अलगै छलफल गर्नुपर्ने अडान राख्दै आएको छ। सभामुखले भने एमालेसँग मात्रै नभएर सर्वदलीय बैठक बोलाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell