PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बुवा संरक्षकबाट हटेसँगै ब्रिटनीले गरिन् इन्गेजमेन्ट



पहिलोपोस्ट

बुवा संरक्षकबाट हटेसँगै ब्रिटनीले गरिन् इन्गेजमेन्ट
Photo : Getty Images

ब्रिटनी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन्। ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका साम असघारीसँग उनले इन्गेजमेन्ट गरेकी हुन्।

ब्रिटनीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्। भिडियोमा औंठी देखाउँदै आफूलाई इन्गेजमेन्ट गरेको कुराबारे विश्वास नै नलागेको उनले उल्लेख गरेकी छिन्।

३९ वर्षिया बिट्नीको यो पहिलो बिहे भने होइन्। उनले पहिलो पटक र्‍यापर केविन फेडरलिनसँग बिहे गरेकी थिइन्। उनीहरुका दुई सन्तान समेत छन्। पछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो। त्यसपछि ब्रिटनीले अमेरिकन कमेडियन जेसन अलेक्जेंडरसँग बिहे गरिन्। तर उनीहरुको बिहे ५५ घण्टा समेत टिक्न सकेन। त्यसपछि सन् २०१६ उनी साम असघारीसँग नजकिएकी थिइन्।

ब्रिटनी करिब १३ वर्षदेखि बुवा जेमी पी स्पेयर्सको संरक्षणमा बस्दै आएकी थिइन्। गत जुन २३ मा अदालतमा निवेदकको तर्फबाट बयान दिँदै उनले आफूलाई तत्काल बुवाको संरक्षणबाट मुक्त गर्न आग्रह गरेकी थिइन्। विवाद लम्बिदैँ गएपछि एकमहिनाअघि मात्रै बुवा संरक्षकबाट हट्न सहमत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell