PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

लिग २: नेपालले टस हार्‍यो, अमेरिका ब्याटिङमा



पहिलोपोस्ट

लिग २: नेपालले टस हार्‍यो, अमेरिका ब्याटिङमा
तस्बीर: एनएसजेएफ

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। ओमनस्थित अलअमरेत स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको छ।

विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र अमेरिका आज दिउँसो सवा ४ बजे सुरु हुँदैछ।

त्रिदेशीय सिरिज अघि नेपालले पपुवान्युगिनीसँग दुईवटा मैत्रीपूर्ण एकदिवसीय सिरिज खेलेको थियो जसमा दुबै खेलमा जित निकालेको थियो।

नेपालले सिरिजमा उपकप्तानसमेत समेत रहेका दीपेन्द्र सिंह ऐरीलाई गुमाउने भएको छ। एटीएफएल इन्ज्युरी कारण उनी सिरिज खेल्न नसक्ने नेपाल क्रिकेट संघले जनाएको छ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ।

नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको अमेरिकाले पनि पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको छ। त्यस्तै आयोजक ओमनले मुम्बइको टिमसँग सिरिज खेलेको थियो।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ४ खेल खेलेर ४ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

नेपालको प्लेइङ ११

पपुवा न्युगिनीसँगको दोस्रो खेलमा खेलेका ११ जना खेलाडी आजको खेलमा पनि परिवर्तन भएका छैनन्।

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell